अाइटी श्रेत्रका १० बिग बाेस

अाइटी श्रेत्रका १० बिग बाेस

सुचना प्रविधि अहिले मानिसको जीवनको अपरिहार्य आवश्यकता जस्तो बन्न पुगेको छ । दिनप्रतिदिन हाम्रो प्रविधिसँगको सम्बन्ध मजबुत हुँदै गइरहेको छ । प्रविधिसँग हाम्रो सम्बन्ध प्रगाढ बनाउन सहयोगी सावित भएका छन् विभिन्न आइटीसँग सम्बन्धित कम्पनी, जसका ग्याजेट, प्रडक्ट र सर्भिसेज आज हाम्रो जीवनको एउटा अभिन्न अंगजस्तै बनेका छन् । विभिन्न आइटीसँग सम्बन्धित कम्पनी जसका कारण आज हाम्रो जीवन सहज भएको छ . ती १० कम्पनीहरूबारे फोब्र्स म्यागेजिन र एजेन्सीको पछिल्लो अपडेटलाई आधार बनाएर जानकारी दिने प्रयास गरेका छौं ।

१. एप्पल


आइटी क्षेत्रको बिग बोसका रूपमा आफूलाई अग्रस्थानमा यथावत् राख्न एप्पल यस वर्षसमेत सफल भएको देखिन्छ . मोबाइल डिभाइस, पर्सन कम्प्युटर र आइओएसको जननी एप्पलको कुल आम्दानी २९३.७ बिलियन डलर रहेको थियो, जसमध्ये एप्पलले ५३.७ बिलियन डलर नाफा कमाउन सफल भएको थियो । २९१६ को पहिलो चौमाससम्म एप्पलले २३३.३डलरबराबरको प्रडक्ट विक्री गर्न सफल भएको थियो । ५८६ बिलियन डलर बजार क्षमता रहेको यो अमेरिकी कम्पनी हो .

२. सामसुङ

दक्षिण कोरियाको प्रतिष्ठित इलेक्ट्रोनिक्स कम्पनी हो सामसुङ . एप्पललाई कडा टक्कर दिँदै आएको सामस’ङले यसपटक पनि एप्पललाई कडा टक्कर दिँदै आफुलाई दोस्रो स्थानमा उभ्याउन सफल भएको छ । मोबाइल स्मार्टफोन, सेमिकन्डक्टरलगायत विभिन्न अन्य इलेक्ट्रोनिक्स निर्माता कम्पनी एप्पलको कुल आम्दानी २९६.५ बिलियन डलर रहेको छ, जसमा यस वर्षको पहिलो चौमाससम्ममा १६.५ बिलियन डलर नाफा कमाउन सफल भएको थियो . कुल १७७.३ बिलियन डलर व्यापार गर्न सफल सामस’ङ इलेक्ट्रोनिक्स कम्पनीको बजार क्षमता १६१.६ बिलियन डलर रहेको छ ।

३. माइक्रोसफ्ट

विन्डोज अपरेटिङ सिष्टम निर्माताको उपमा पाएको विश्वको अर्को प्रभावशाली आइटी जाइन्ट कम्पनी हो माइक्रोसफ्ट . यस अमेरिकी कम्पनीले यस वर्षको पहिलो चोमाससम्म आइपुग्दा कुल ८६.६ बिलियन डलरको व्यापार गर्न सफल भयो भने त्यसमा १०.२ बिलियन डलर नाफा आर्जन गर्यो । कुल आम्दानी १८१.९ बिलियन डलर रहेको यस कम्पनीको बजार क्षमता ४०७ बिलियन डलर रहेको छ । यो कम्पनीले आफुलाई तेस्रो स्थानमा उभ्याउन सफल भएको छ .

४. अल्फाबेट


गुगलको माउ कम्पनी अल्फाबेट टेक जाइन्टको स“चीमा आफुलाई माइक्रोसफ्टको ठीक पछाडि चौथो नम्बरमा उभ्याउन सफल भएको छ . यस अमेरिकी कम्पनीको कुल आम्दानी १४९ बिलियनडलर रहेको छ, जसले यस वर्षको तथ्याङ्कअन’सार ७७.२ बिलियन डलरको व्यापार गर्दै !७ बिलियन डलर फाइदा गर्न सफल भएको छ . गुगलसमेत एक अभिन्न अङ्ग भएको अल्फाबेटको ५००.१ बिलियन डलरको बजार क्षमता रहेको छ . आइ६ी क्षेत्रका बिग

५. आइबिएम


आइबिएम जसको पूरा रूप इन्टरनेशनल बिजनेश मेसिन हो, यो एक प्रतिष्ठत आइटी कम्पनी हो . आइटी जाइन्ट कम्पनीको स“चीमा ५औं नम्बरमा पर्न सफल यस कम्पनीको क’ल आम्दानी ११८.८ बिलियन डलर रहेको छ . यस वर्षको तथ्याङ्क हेर्ने हो भने ८०.८ बिलियन डलरको व्यापार गर्न सफल आइबिएमले १९.९ बिलियन डलरको नाफा कमाउन सफल भएको छ . कम्पनीको बजार क्षमता१४२.७ बिलियन डलर रहेको छ .

६. इन्टेल


कम्प्युटरको माइक्रोप्रोसेसर अर्थात् ९सिपियु निर्माता कम्पनी यो सूचीमा छैटौं नम्बरमा पर्न सफल भएको छ . १९५.५ बिलियन डलरको कुल आम्दानी रहेको इन्टेलको यस वर्षको व्यापार ५६.३ बिलियन डलर प’गेको छ भने यसबाट कम्पनीले !!.५ बिलियन डलर फाइदा आर्जन गर्न सकेको छ . अमेरिकी कम्पनी इन्टेलको बजार क्षमता झण्डै १४९.३ बिलियन डलर रहेको छ .

७. सिस्को


सिस्को अमेरिकाको एक नेटवर्किङ हार्डवेयर, टेलिकम्य’निकेसन इक्विपमेन्ट एवम् अन्य सर्भिस र प्रडक्ट निर्माता÷विकासकर्ता कम्पनी हो . ११२.६ बिलियन डलरको क’ल आम्दानी रहेको यस कम्पनीले यस सालमा मात्रै ४९.६ बिलियन डलरको व्यापार गर्न सफल भएको छ, जसमध्ये १०.३ बिलियन डलर कम्पनीलाई नाफा रहेको छ . टेक जायन्ट कम्पनीको स“चीमा सातौं नम्बरमा पर्न सफल सिस्कोको बजार क्षमता १४१.७ बिलियन डलर रहेको छ .

८. ओर्यकल

अार्यकाल अमेरिकाको एम मार्केटिङ डाटाबेस सफ्टवेयर टेक्नोलोजी, क्लाउड इन्जिनियर्ड सिष्टम एवम् इन्टरप्राइज सफ्टवेयर प्रडक्ड निर्माता÷विकासकर्ता कम्पनी हो . क्यालिफोर्नियामा हेडक्वाटर रहेको यस कम्पनीको क’ल आम्दानी १९४.९ बिलियन डलर रहेको छ . यस वर्ष ओ¥याकलले ३७.२ बिलियन डलरको व्यापार गर्न सफल भएको छ, जसमध्ये ८.८ बिलियन डलर कम्पनीको फाइदा रकम हो . टेक जाइन्टको सूचीमा ८ नम्बरमा पर्न सफल यस कम्पनीको बजारक्षमता १६८.९ बिलियन डलर रहेको छ ।

९. फक्सकन

फक्सकन टेक्नोलोजी ग्र’प ताइवानको एक बह’राष्ट्रिय इलेक्ट्रोनिक्स कन्ट्र्याक्ट000 म्यानुफ्याक्चरर कम्पनी हो . ताइवानको न्य“ ताइपेई सिटीमा हेडक्वाटर रहेको यस कम्पनीको क’ल आम्दानी ७०.३ बिलियन डलर रहेको छ . यस वर्ष १४१.२ बिलियन डलरको व्यापार गर्न सफल यस कम्पनीले ४.६ बिलियन डलर नाफा कमाएको हो . विश्वको टप !) आइटी जाइन्ट कम्पनीको स“चीमा पर्न सफल फक्सकन टेक्नोलोजी  बजार क्षमता ३९.२ बिलियन डलर रहेको छ .

१०. ताइवान सेमिकन्डक्टर

ताइवान सेमिकन्डक्टर म्यान’फ्याक्चरिङ कम्पनी (टिएसएमसी) टाइवानी बहुराष्ट्रिय कम्पनी हो, जसको हेडक्वाटर सिन्च’ साइन्स एण्ड इन्डस्ट्रियल पार्क ताइवानमा रहेको छ . टिएसएमसी एक स्वतन्त्र सेमिकन्डक्टर निर्माता कम्पनी हो . विश्वका १० टेक जाइन्टहरूको सूचीमा पुछारमा रहेको यस कम्पनीको कुल आम्दानी ५९.५ बिलियन डलर रहेको छ . यस वर्ष टिएसएमसीले २५.७ बिलियन डलरको व्यापार गर्दा ९.१ बिलियन डलर नाफा कमाउन सफल भएको तथ्याङ्कले देखाएको छ . विश्वका आइटी क्षेत्रका १० बिग बोसको सूचीमा १०औं नम्बरमा पर्न सफल यस कम्नीको बजार क्षमता १२५.६ बिलियन डलर रहेको छ .

0 comments:

Copyright © 2013 Hello World