योन्डर म्युजिक एप


मोबाइल सेवाप्रदायक एनसेलले लाखौं गीतमा निःशुल्क पहुँचको अवसर प्रदान गर्ने योन्डर म्युजिक एप ल्याएको छ । यस एपमा स्न्याप क्याराओकेजस्तो विषेशता रहेको छ, जसअन्तर्गत प्रयोगकर्ताले आफैलाई मन पर्ने गीतको ट्र्याकमा गीत गाएर आफ्नो क्याराओके भिडियो पनि बनाउन सक्नेछन् र २( सेकेन्डसम्मको भिडियो अर योन्डर एप प्रयोगकर्ता तथा सामाजिक सञ्जालहरमा पनि सेयर गर्न सक्नेछन् । ग्राहकहरूका लागि नेपाली तथा अन्तर्राष्ट्रिय गीत–संगीतमा पहुँच पुर्याउन अनलाइन म्युजिक स्ट्रिमिङ सेवा प्रदान गर्न र देशको गीत–संगीत उद्योगको दिगो विकासमा योगदान पुर्याउन योन्डर म्युजिकसँग सहकार्य गरेको एनसेलले बताएको छ । योन्डर म्य’जिक एपअन्तर्गत प्रयोगकर्ताले विनाक’नै विज्ञापन तथा सदस्यता श’ल्क २ करोडभन्दा बढी नेपाली अन्तर्राष्ट्रिय गीत– संगीतहरूको लाइब्रेरीमा पहुँच पाउनेछन् । सहजै आफैलाई मन पर्ने गीत अनलाइन सुन्न तथा डाउनलोड गरी अफलाइन स’न्न सक्नेछन्  एनसेलले फोरजी सेवा सुरु गरेको अवसरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकले एक महिनाका लागि योन्डर म्य’जिकमा निःशुल्क अनलाइन स्ट्रिमिङ सेवाको मज्जा लिन सक्नेछन्।
Sources: IT Magazine

0 comments:

Copyright © 2013 Hello World